Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 585
    SHARES

    फाइल फोटो

    वीरगञ्ज । जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यलय रौतहटका अनुसार धनसर जंगलमा घाँस काट्न गएका बेला बलम्पाकीलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    उनको टाउको र शरीरको बीच भागमा हात्तीले कुल्चेको छ । शव पोष्टमार्टमका लागि चन्द्रपु स्थित सरकारी अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार