Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु पौडेलले भने- प्रचण्डको विपक्षमा सबैले मतदान गरौं

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सदनसमक्ष आग्रह गरेका छन्।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै उनले एमाले प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा रहेको बताएका हुन्।

पौडेलले सिंगो सदन नै प्रधानमन्त्री प्रचण्डको विपक्षमा उभिनुपर्ने बताए ।

उनले भने, 'प्रस्तावको विपक्षमा नेकपा एमाले छ। जस्तो परिस्थितिमा उहाँ पुगेर विश्वासको मत माग्नु भयो, उहाँलाई विश्वासको मत दिने आधार छैन। एमालेमात्र होइन सबै सदस्यलाई प्रस्तावको विपक्षमा उभिन आग्रह गर्छु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077