Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सप्तरीबाट अटोमेटिक पेस्तोलसहित सोनु पक्राउ

सप्तरी । सप्तरीबाट सशस्त्र प्रहरीले पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी छिन्नमस्ता गाँउपालिका-२ मौवा बस्ने २८ वर्षीय सोनु राय रहेका छन् ।

रायको साथबाट कम्मरमा एलाष्टिकले बाँधेर ल्याउँदै गरेको म्याग्जिनसहितको मेड इन युएसए लेखिएको अटोमेटिक एक थान पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

तिलाठी कोईलाडी गाँउपालिका-१ खाडो खोला स्थित बोर्डर ईलाका बिओपि तिलाठीबाट खटिएको टोलीले रायलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

आवश्यक कारबाहीका लागि रायसंगै सप्तरीकै राजबिराज बस्ने रोशन यादवलाई समेत नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077