Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा फेरियो आसन, सत्तापक्षको लहरमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षको लहरबाट आजदेखि सत्तापक्षको लहरमा बस्न थालेको छ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत दल सत्तापक्ष लहरमा बसेका छन्। नेकपा एमाले, राप्रपालगायत दलले सरकार छाडेका छन्।

नेकपा एमाले आजदेखि प्रमुख प्रतिपक्षी लहरमा बसेको छ भने राप्रपा पनि प्रतिपक्षी लहरमा बसेको छ।

गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको थियो।

प्रतिपक्षमा बस्दै कांग्रेसले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको थियो। तर राष्ट्रपति निर्वाचनदेखि नयाँ गठबन्धन बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077