Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविविरुद्ध राहदानीसम्बन्धी मुद्दा दायर नगर्ने सरकारी वकिलको निर्णय

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णय गरेको छ ।

लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएका भन्दै सरकारी वकिल कार्यालयले उच्च सरकारी वकिल कार्यालय पाटनलाई पत्र पठाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा कुनै मुद्दा दायर गर्नु नपर्ने ठहर गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ । अन्य उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउनुपर्ने लागेमा जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने छ ।

यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै उनीमाथी मुद्दा चलाउनु्पर्ने भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077