Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

अहिलेको परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय बैठकले लिएको रास्वपाले जनाएको छ ।पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ ।

रास्वपाले यसअघि पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो।

कांग्रेसलगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन् । रास्वपाले सरकारमा सहभागिताबारे भने केही निर्णय नगरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077