Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

संघीय संसद भवनको शंकर हलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो ।

सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएको निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077