Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्री बन्न कांग्रेसका ‘हेभीवेट’ नेताहरुबीच नै हानाथाप, यस्ता छन् चार मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेसंगै ‘हेभीवेट’ भनिएका नेताबिच नै हानथाप चलिरहेको छ ।

आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताहरु उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान हानाथाप गरिहेका छन् ।

तर, कांग्रेसले भने मन्त्री बन्न चारवटा मापदण्ड तोकेको छ । आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राख्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी बताए । यद्यपी कांग्रेसले कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे भने टुंगो लगाउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077