Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बारे छलफल गर्न कांग्रेस बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

राष्ट्रपतिको निर्वाचन अघि एमालेसहित राप्रपा र रास्वपा सरकारबाट अलग भएपछि प्रचण्डले कांग्रेससँग गठबन्धन गरेका थिए ।

त्यसबारे छलफल गर्न आज नै कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ ।

कार्य सम्पादन समितिको बैठक सिकए लगत्तै संसदीय दलको बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077