Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो संसदीय दल बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दल बैठक बोलाएको छ।

पार्टीका महामन्त्री डा। मुकुल ढकालले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे बैठकमा छलफल हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ।

रास्वपा सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन। रास्वपाबाट प्रतिनिधि सभामा १९ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077