Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्य सम्पादन र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्न लागेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन् । कांग्रेस बैठकमा विश्वासको मत, प्रतिनिधिसभा बैठकमा बस्ने स्थानलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077