Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘छोटा हात्ती’ चोरी गरेको आरोपमा दुईजना पक्राउ

रुपन्देही । रुपन्देहीमा सवारी साधन ‘छोटा हात्ती’ चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका ८ का २३ वर्षीय रिवेश गुरुङ र वडा नम्बर ३ का २४ वर्षीय विवेक परियार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही चैत १ गते उनीहरुले सिद्धार्थनगर नगरपालिका ८ अन्नपूर्ण टोलस्थित भित्री सडक छेउमा रोकिराखेको लु१च ७८२२ नम्बरको ‘छोटाहात्ती’ चोरी गरेका थिए ।

खोज तलासका क्रममा गयराति २ बजे सिद्धार्थनगर ९ नालन्दा स्कुल पछाडि खाली खेतमा रोकिराखेको अवस्थामा सो गाडी भेटिएको थियो ।

गाडीभित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा गुरुङ र परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077