Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कांग्रेस सत्तापक्षमा बस्छ : गगन थापा

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिएलगत्तै सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदानपछि बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले संसद्को आगामी बैठकअघि नै कांग्रेस सत्तापक्षमा बस्नुपर्ने बताए ।  महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि नै सत्तापक्षमा जाने नजाने कुरा निर्णय गर्नुपर्ने बताए।

थापाले ५ गतेको संसद् बैठक बस्नुभन्दा पहिले कांग्रेसले बैठक बसेर विश्वासको मत पनि दिने र सरकारमा पनि सहभागी हुने भन्ने निर्णय गर्नु सुल्टो बाटो हुने बताए ।

संसद् बैठकअघि नै कांग्रेसले सत्ता पक्षमा बस्ने, सरकारमा जाने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077