Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको टिप्पणी - वामपन्थी उपियाँहरू फड्किँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले वामपन्थी उपियाँहरू फड्किँदा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएका छन् ।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरेपछि नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले एमाले सत्ताबाहिर रहे पनि ५ वर्षअघिको कांग्रेसभन्दा दोब्बर रहेको दाबी गरे ।

बाँस्कोटाले भने, ‘५ वर्ष पहिले कांग्रेस कहाँ थियो । वामपन्थी कहाँ थिए, वामपन्थी उपियाँ फड्के, एमाले कमजोर कहाँ देखिए होला। तर ५ वर्ष अगाडिको कांग्रेसभन्दा त दोब्बर छ।’

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरूप्रति कटाक्ष गर्दै उनले वामपन्थी उपियाँ फड्किएको टिप्पणी गरे।

अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका लागि योग्य भए पनि पार्टीबाट डामिएका मतदाताका कारण उनको जीतको सुनिश्चितता गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077