Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अष्टलक्ष्मी शाक्य भन्छिन् - उपराष्ट्रपति चुनाव अनुकूल हुदैँछ, जित्नेमा ढुक्क छु

काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफ्नो जित हुने दाबी गरेकी छन्।

संसद भवन नयाँबानेश्वरमा शुक्रबार उपराष्ट्रपति पदकी उम्मेदवार शाक्यले यस्तो बताएकी हुन् ।

निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने शाक्यले बताइन् ।

शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ ।राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु ।’

उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् । संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनको भनाई छ ।

राजनीति हिबासले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उनको बुझाइ छ। शाक्यले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहायप्रसाद यादव र जनमतकी ममता झासँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077