Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम बैठकमा अश्लील हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन निलम्बित

काठमाडौं । चितवन कृषि तथा वन विश्वविद्यालय रामपुरको कृषि संकायका डीन जयप्रकाश दत्तलाई निलम्बन गरिएको छ ।

महिला कर्मचारीलाई दुव्र्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई आज निलम्बन गरिएको हो ।

यस विषयमा छानविन गर्नका छानविन समिति गठन गरिएको छ ।

गत फागुन ३ गते जुम मिटिङ चलिरहेका बेलामा एएफयूको चितवन रामपुरमा रहेको कृषि संकायको डिन कार्यालयमा डिनको कार्यकक्षभित्र छिरेकी एक महिलालाई दत्तले आफूतिर तान्ने तथा 'अश्लील हर्कत' गरेको छोटो भिडियो सार्वजनिक भएको थियो ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077