Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • स्ववियु र यसको आवश्यकता

    स्ववियु र यसको आवश्यकता

    भरत बहादुर रावल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 5.1K
    SHARES

    नेपालमा तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थामा राजाले राजनीतिक दलहरूलाई प्रतिबन्धित लगाइ सम्पूर्ण राजनीतिक अधिकार खोसेको बेला स्कुल कलेज विश्वविद्यालयका विद्यार्थीहरूले शैक्षिक, राजनैतिक अधिकारको लागि  ठुलो सङ्घर्ष तथा आन्दोलन पश्चात्  बि.स. २०१८ मा स्ववियु स्थापना गर्न सफल भए ।

    देखावटी रूपमा विद्यार्थीको अधिकारको लागि स्ववियु खोलिएतापनी भित्रभित्रै राजतन्त्र विरुद्ध र पञ्चायतका विरुद्धमा  स्ववियुले काम गरेको देखिन्छ । त्यसपछि बि.स. २०३० मा स्ववियु माथि प्रतिबन्ध लगाइ २०३६ सालमा फुकुवा गर्ने काम भयो । २०३६ मा जनमत सङ्ग्रह गर्न, २०४६ मा बहुदलीय व्यवस्था ल्याउन, १० बर्षे जनयुद्ध तथा २०६२–६३ को जनआन्दोलनमा विद्यार्थी भूमिकालाई प्रशंसनीय रूपमा लिन सकिन्छ ।



    देशमा राणा शासनको अन्त्य गर्न होस या पञ्चायती व्यवस्थाको अन्त्य गर्न होस या त राजाहरूको अन्त्य गर्दै संघीय गणतन्त्र नेपाल बनाउनमा विद्यार्थीहरूको उल्लेखनीय योगदान रहेको छ । स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हक अधिकारको संरक्षण र संवर्द्धन गर्ने विद्यार्थीको आधिकारिक संस्था हो । स्ववियु क्याम्पस तथा विश्वविद्यालयका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने गर्दछ ।



    स्ववियुलाई मिनी संसद्को रूपमा समेत लिने गरिन्छ देशका अधिकांश नेताहरू जन्माउने थलोको रूपमा स्ववियुलाई लिन सकिन्छ । अहिले राजनीतिमा चर्चित नेताहरू प्राय सबै विद्यार्थी सङ्गठनबाट नै आएको देखिन्छ । त्यसैले स्ववियुले देशको शैक्षिक तथा राजनैतिक खाका कोर्ने काम पनि गर्दछ । स्ववियुले क्याम्पस बिश्वबिद्धालयमा रहेका विभिन्न अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्दै आफूलाई क्रियाशील बनाउनुपर्छ ।

    अहिले क्याम्पसको गुणस्तर दिनानुदिन घट्दै छ, शैक्षिक गुणस्तर सुधार गर्न नसक्दा लाखौँ विद्यार्थी स्वदेशी विश्वविद्यालय छोडेर उच्च शिक्षाका लागि विदेश गइरहेका छन् । जसले गर्दा देशको अर्बौँ  रकम बिदेशिएको छ, दूर दराजका क्याम्पसहरूको भौतिक संरचना जीर्ण छ, नाजुक छ कहीँ शौचालय, खानेपानी ,पुस्तकालय जस्ता आधारभूत कुरा  छैन त कहीँ विषयगत प्राध्यापक छैनन्  ।

    हरेक क्याम्पस तथा बिश्वबिद्धालय राजनीतिक अखडा बन्दैछन, क्याम्पसको नाममा आउने बजेट भागबन्डा गर्न ठिक्क छ, विद्यार्थी संगठन विद्यार्थीका मुद्दाबाट विमुख भई ठेक्कापट्टा तिर बढी केन्द्रित छन् , त्रिभुवन बिश्वबिद्धालयमा वर्षौँदेखि लगाइएका ताला खोलेका छैनन्, ग्रामीण ठाउँमा प्राविधिक विषय पढाइहुँदैन , प्रयोगात्मक कक्षाको अभाव छ, गुणस्तरीय शिक्षाको खोजीमा ठुला सहर धाउने प्रवृत्ति बढ्दै गएको छ ।

    क्याम्पस पढ्ने युवा जनशक्ति लागूऔषध, दुर्व्यसनीको सिकार भइरहेको छन् । हाम्रो  समाज नकारात्मक बाटोतिर गइरहेको छ । एउटै देशमा धनी र गरिब जनताका छोराछोरीले पढ्ने विषय फरक फरक छन् गरिब ले राम्रो प्राविधिक अथवा आफूले पढ्न चाहेको विषय पढ्न पाइरहेको छैन । विश्वविद्यालय तथा क्याम्पसहरूले आफूले उत्तीर्ण प्रमाणपत्र श्रम बजारमा बिक्दैन ।

    अब विद्यार्थीको साझा संगठन स्ववियुले विद्यार्थीका मुद्दाहरू उठान गर्न सक्नुपर्छ, क्याम्पसमा हुने राजनीतिकरणको अन्त्य गर्नुपर्छ, शैक्षिक गुणस्तर सुधार गर्न सरोकार बालालाई दबाब सिर्जना गर्नुपर्छ, प्राध्यापक नियुक्तिमा हुने कमिसन बन्द गरिनुपर्छ, समाजका सभ्य नागरिक उत्पादन गर्नुपर्छ, देशलाई निकास दिने जनशक्ति उत्पादन गर्नुपर्छ, विशेष गरी हरेक क्याम्पसका विद्यार्थीका सबै समस्या समाधान गर्न तर्फ ध्यान दिन आवश्यक छ ।

    शिक्षा रोजगारीमूलक हुनुपर्छ ,पछिल्लो बदलिँदो प्रविधिसँग दखल राख्नुपर्छ , हरेक बिश्वबिद्धालयले आफ्नो क्यालेन्डर अनुसार अगाडि बढ्न आवश्यक छ, शिक्षामा निजीकरणको अन्त्य गर्दै छात्रवृत्तिको दायरामा व्यापक वृद्धि गर्नुपर्छ जसले गर्दा शिक्षामा विभेदिकरण अन्त्य होस् ।

    उल्लेखित समस्या समाधान गर्न हरेक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आवश्यकता पर्दछ, प्रविधिमैत्री शिक्षाले मात्र विश्वमा प्रतिस्पर्धा गर्न सक्छ । विद्यार्थीको रुचि अनुसार पढाए त्यो विषयमा दक्ष योग्य पढाइनुपर्छ ।

    श्रम बजारमा आवश्यक जनशक्ति उत्पादन गर्न स्ववियुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । २०६५ सालबाट नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अब देशभरका विश्वविद्यालय तोकिएको समयावधि मै गर्न सकेमा उच्च शिक्षामा गरेको लगानीले उचित मूल्य पाउने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार