Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - संवैधानिक पदमा राजनीतिक दलहरूको सन्तुलन मिलेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् ।

सोमबार नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् ।

उनले देशको संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुसी भएको बताए ।

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका संवैधानिक पदहरूमा फरकफरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुसी र गर्वको महशुस गराएको बताए ।

‘संवैधानिक पदहरूमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ देखिन्छ,’उनले भने,‘राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको छ। अब विकास, समृद्धि र आवश्यक ऐनहरू निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077