काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालिन मुद्दाहरू विस्तृत शान्ति प्रक्रियाको भावनाअनुसार नै हल हुनेमा ढुक्क हुन सरोकारवालालाई आग्रह गरेका छन् ।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समहारोहमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
साथै उनले पूर्वमाओवादीहरूबीच छिट्टै एकता हुने बताएका छन् । पछिल्लो पटक विस्तृत शान्ति सम्झौताको मर्म विपरित आफूहरूविरुद्ध अदालतमा परेको मुद्धाले पूर्वमाओवादीहरूलाई एक ठाउँमा उभ्याएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले भने,‘सर्वोच्च अदालतले समेत शान्ति सम्झौताको मर्म अनुरुप नै आदेश गरेको छ । त्यो सकारात्मक कुरा हो । ’ प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालिन मुद्दाहरू विस्तृत शान्ति प्रक्रियाको भावनाअनुसार नै हल हुनेमा ढुक्क हुन सरोकारवालालाई आग्रह गरे ।
विगतमा भएका फुटलाई अनुभवको रुपमा ग्रहण गर्दै निषेधको राजनीति त्यागी पूर्वमाओवादी धारमा रहेका पार्टीहरूबीच पुनः एकता गर्नुपर्ने उनको भनाई छ ।
Leave a Reply