Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने भन्छन्- सरकारमा जाने तयारी छैन, परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्।

सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले अहिले आफ्नो पार्टीले परिस्थितिको मूल्याङ्कन गर्नेकाम मात्रै गरिरहेको बताए।

उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ ।’

उनले सत्तासमीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्र सहभागी हुने बताए ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077