Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ

महोत्तरी । बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।

महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् ।

त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए ।

मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित दशगजा नजिकै लुकिछिपी बसिरहेको बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077