Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न ९ दलको अपिल

काठमाडौं । माओवादी धारका ९ राजनीतिक दलहरूले आवश्यक कानून बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसमक्ष अपिल गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरूले आवश्यक कानूनहरू बनाई बाँकी कामहरू पूरा गर्न अपिल गरेका हुन् ।

'शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न हामी सरकारसँग विशेष अपिल गर्दछौँ’, नौ दलले जारी गरेको संयुक्त अपिलमा भनेका छन् ।

साथै उनीहरुले विस्तृत शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अङ्ग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिएको ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताका विरुद्ध हुने तथ्य स्पष्ट रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077