Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोसी प्रदेश बन्दका क्रममा झापाबाट २५ आन्दोलनकारी पक्राउ

झापा । झापाको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २५ जना आन्दोलकारीलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २५ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बन्दकर्ताहरूले सडक उभिएर यातायातका साधन नचलाउन दबाब दिएका थिए। उनीहरूले सडकमा अवरोधसमेत गरेको प्रहरीले जनाएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामकरण गरेको विरोधमा आइतबार प्रदेशमा हड्तालको घोषणा गरेका हुन्।

यता शान्तिपूर्ण आन्दोलनको अधिकारमाथि भएको प्रहरी हस्तक्षेप गरेको भन्दै 'प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति' ले भने विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077