Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - मन्त्री बन्ने लाइनमा छैन, म सांसद भएरै काम गर्ने हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए ।

थापाले भने, ‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। मैले सांसद भएर काम गर्ने हो । न म अहिले मन्त्री बन्ने हो, न बन्न मिल्छ, न म बन्दै छु पनि।’

कांग्रेस सरकारमा रहिरहेको समयमा सरकारलाई आफूले सफल बनाउन प्रयास गर्ने उनको भनाइ थियो। अब ५ वर्ष सांसदका रुपमा जिम्मेवारी निभाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077