Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मूल्यवृद्धि ७.८८ प्रतिशत, काठमाडौं उपत्यकामा उच्च

    मूल्यवृद्धि ७.८८ प्रतिशत, काठमाडौं उपत्यकामा उच्च

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 663
    SHARES

    काठमाडौं । माघ महिनामा मुलुकमा महँगी बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।



    राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९ प्रतिशत छ। गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको हो।



    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र
    हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार