Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माईतीघरमा बैंकविरुद्ध व्यवसायीको प्रदर्शन, माग सम्बोधन नगरे राष्ट्र बैंक घेर्ने व्यवसायीको चेतावनी

काठमाडौं । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन् ।

आईतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए ।

उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए ।

सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने भन्दै राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077