Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विद्युत् चुहावट गर्ने पाँचजना पक्राउ

सप्तरी । सप्तरीमा विद्युत् चुहावट गर्ने पाँचजना पक्राउ परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरुमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव र महेन्द्र खङ्ग खत्वे रहेका छन् ।

पक्राउ परेकाहरुलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077