Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई गगन थापाले भने – राजा जस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्ष बन्नुहोला

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई गगन थापाले भने – राजा जस्तो राष्ट्रपति होइन, नागरिक राष्ट्राध्यक्ष बन्नुहोला

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई राजाजस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षकोरुपमा देख्न चाहेको बताएका छन् ।

    पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको र राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताएका हुन् ।



    थापाले भनेका छन्, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’



    महामन्त्री थापाले संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको बताए । उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए ।

    महामन्त्री थापाले यसअघि राष्ट्रपतिको सम्मानमा सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्‌डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न सुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार