Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कांग्रेस उपसभापति खड्काले भने – माओवादीलाई बाहिर राखेर एमालेसंग सत्ता सहकार्य हुँदैन

    कांग्रेस उपसभापति खड्काले भने – माओवादीलाई बाहिर राखेर एमालेसंग सत्ता सहकार्य हुँदैन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 630
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रलाई बाहिर राखेर एमालेसंग सत्ता सहकार्य नहुने बताएका छन् ।

    ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर शालिकको दर्शन गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन् ।



    उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’



    उपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसंग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे ।

    उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलबीच सुक्ष्म संवाद अघि बढाउँदै लगेकाले राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएको बताए।

    उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भएपनि गठबन्धनबीच जनता समाजवादीलाई नै उपराष्ट्रपति दिने निर्णय नभइसकेको बताए।

    उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्‍याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार