Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नवनिर्वाचित राष्ट्रपति पौडेललाई ओलीले दिए बधाई तथा शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका हुन् ।

ओलीले लेखेका छन् “तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।”

बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077