Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ

    प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 945
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो ।

    यसअघि बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको थियो।



    प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो । ०७३ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।



    उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो ।

    प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि दर्ताको आदेश भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार