Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा नक्कली मेनपावर कम्पनी खडा गरी ठगी धन्दा, सञ्चालक आदेश पक्राउ

काठमाडौं । काठमाडौंमा नक्कली मेनपावर कम्पनी खडा गर्ने एकजना पक्राउ परेका छन् ।

मनवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १४ गाईबाच्छाटोल बस्ने आदेश तामाङ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनले केएचएम रिक्रुइटमेन्ट ग्रुपबाट मलेसिया पठाउने भन्दै ठगी गरेको सूचनामा आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली छापा मार्न पुगेको थियो ।

सो क्रममा कीर्तिपुर नगरपालिकामा रहेको सो नक्कली मेनपावरका तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले रविन मोक्तानसहित १०० जना भन्दा बढी व्यक्तिहरुलाई आकर्षक तलबमा मलेसिया पठाइदिने भन्दै ठगी गरेको खुलेको छ ।

कार्यालयका प्रवक्ता सोमेन्द्रसिंह राठौरका अनुसार मेनपावरबाट ९० थान पासपोर्ट, नक्कली कम्पनीको छाप, ल्यापटपलगायतका सामग्री बरामद गरिएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077