Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रूपन्देहीमा युवकको हत्या गरेको अभियोगमा तीनजना पक्राउ

रूपन्देही । रूपन्देहीमा मंगलबार राती युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सिमलपानीका २७ वर्षीय ध्रुब बिसी, रूपन्देहीको सैनामैना २ कालिका चोकका १८ वर्षीय शिशिर थारू र नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ९ का २५ वर्षीय सन्दीप भनिने शेरबहादुर बोहोरा रहेका छन् ।

सैनामैना नगरपालिका २ स्थित बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार एक पुरूषको शव फेला परेको थियो । घटनास्थल र मृतकको अवस्था हेर्दा ढुंगाले हानेर हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बिहीबारसम्म मृतकको पहिचान नखुलेको भए पनि प्रहरीले घटनामा संंलग्न भएको आशंंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेकाहरूले अघिल्लो दिन साँँझ सँँगै बसेर मादक पदार्थ सेवन गरेको र अन्य गतिविधीहरूको अध्ययन गर्दा हत्यामा संलग्न भएको पुष्टि हुन सक्ने आधार फेला परेकोले नियन्त्रणमा लिएको हो ।

मृत फेला परेका अन्दाजी ४० वर्षीय ती पुरूषको परिचय खुलेको छैन् । पक्राउ परेकाहरूलाई जिल्ला अदालत रूपन्देहीले ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077