Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक लाख घुससहित ललितपुर महानगरका शिक्षा अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख घुससहित पक्राउ गरेको छ ।

पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

शिक्षक सरुवा गर्न सहजिकरण गर्न घुस लिएको आरोपमा रकमसहित उनी पक्राउ परेको अख्तियारले जनाएको छ।

घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धान भइराखेको अख्तियारका सहायक प्रवक्ता देविप्रसाद थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077