Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले गरे राष्ट्रपतिका लागि मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

एमालेले राष्ट्रपतिमा पार्टीका नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

अर्को सत्तापक्षका ९ दलीय गठबन्धनबाट साझा उम्मेदवारका रुपमा रामचन्द्र पौडेल चुनानी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077