Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्का बिरोधी महेश बस्नेतलाई भेट्न किन गुण्डु पुगे बालेन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आए नेकपा एमाले नेता महेश बस्नेतसँग भेट गरेका छन् ।

महानगरपालिका भित्र रहेका अवैध संरचना र थापाथलिस्थित सुकुम्बासी बस्ती हटाउने बालेनको प्रयासको नेता बस्नेतले चर्को विरोध गर्दै आएका थिए ।

डोजर काण्ड र सुकुम्बासी बस्ती हटाउने प्रयासलाई थाती राखेका मेयर साह बस्नेतलाई भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् । भेटका क्रममा मेयर साहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए।

उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो।’

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर छुटेको उनले बताए। बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077