Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपति विद्यादेवी भण्डारीबारे लेखिएको 'महिला मुक्ति' पुस्तक विमोचन

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा 'महिला मुक्ति' किताब विमोचन गरिएको छ।

अखिल नेपाल महिला संघले प्रकाशन गरेको कितावको आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका हुन्।

महिला मुक्ति किताबको कभर पेजमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विर राखिएको छ। सो किताब भण्डारीको राजनीति र संघर्षमा आधारित रहेको छ।

कार्यक्रममा बोल्दै ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077