Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंको कालोमोसो अभियानका संयोजक थापा पक्राउ

चितवन। बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले शम्भु थापालाई पक्राउ गरेको छ ।

प्रहरीले दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक थापालाई चितवनको भरतपुरबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन्।

केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो। संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए ।

प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो । थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077