Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन भोलि (बिहीबार) ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।

पार्टीले अहिलेसम्म कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

भोलि मतदान हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077