Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला विभेदविरुद्ध जागरण आजको आवश्यकता : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज बुधबार शुभकामना सन्देश जारी गर्दै उनले सो भनाइ राखेका हुन् । दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका महिला दिदी बहिनीहरुमा उनले शुभकामना प्रकट गरेका छन् ।

“नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दूरदराजका गाउँमा आज पनि महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो” उनले शुभकामना सन्देशमा भनेका छन् ।

हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको चर्चा गर्दै सभापति देउवाले भनेका छन्, “हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो ।” नेपाली कांग्रेसले सबैखाले हिंसाको अन्त्य चाहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077