Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारमा माओवादी धारका नेताहरूको बैठक जारी

काठमाडौं । संक्रमणकालीन न्याय तथा सोसँग सम्बन्धित मुद्दाहरुबारे साझा धारणा बनाउन माओवादी धारका पार्टीहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको माओवादी धारका विभिन्न पार्टीहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन् । सोही विषयमा आजको बैठक केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, सर्वोच्च अदालतले प्रचण्डविरुद्ध परेको रिट दर्ता गर्नका लागि आदेश दिएको थियो ।

केही वर्षअगाडि काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारजनाको आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दर्ता गर्न माग गरेका थिए ।

सो विषयमा पनि बैठकमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहरूको उपस्थिति छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077