Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज तराईमा होली मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा सोमबार मनाइएको होली देशको तराई–मधेस क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई–मधेसमा भने प्रतिपदाका दिन मनाउने परम्परा छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ।

शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।

होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान, रमाइलो गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077