Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजदेवी मन्दिरमा चोरी तथा डकैती गर्ने गिरोह पक्राउ

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित राजदेवी मन्दिर चोरी तथा डकैती गर्ने गिरोह पक्राउ परेको छ ।

जनकपुरधाम-ढल्केवर सडक खण्डअन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका नगरपालिका-१ रमदैया स्थित राजदेवी मन्दिरमा चोरी गर्ने समूह र चोरीका सामान तथा हातहतियारसहित गिरोह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वर नपा–५ महेन्द्रनगरका ३७ वर्षीय रजाक मोहम्मद, कमला नपा–७ हथमुन्डाका २२ वर्षीय रमेशकुमार महतो, विदेह नपा–४ सुन्दरपुरका २१ वर्षीय मोहम्मद हबगुल्ला शाह, २२ वर्षीय नर्सदिन साह र ३० वर्षीय सरिफ मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

उनीहरूले गत शनिबार राति करिब १२ बजेको समयमा रमदैयास्थित राजदेवी मन्दिरको ताला तोडेर उक्त मन्दिरबाट देवीको चाँदीको मूर्ति, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्री, कानका झुम्का लगायत सुनचाँदीका सामान चोरेर भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077