Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुवा खेलेको आरोपमा ललितपुरबाट १२ जना पक्राउ

काठमाडौं । जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट १२ जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा १२ जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

जुवा-तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ। उनीहरूलाई जुवा खेलाएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077