Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले अमेरिकालाई भन्यो - ताइवानसँग हतियार कारोबार बन्द गर्नू

एजेन्सी । चीनले अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ ।

त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077