Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किर्ते नागरिकता बनाएको आरोपमा एकजना पक्राउ

कैलाली । प्रहरीले किर्ते नागरिकता बनाएको आरोपमा धनगढीका एक जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २८ वर्षिय सुरेशबहादुर दमाई पक्राउ परेका हुन् ।

उनले धनगढीका प्रविन शाह र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का तिर्थराज शर्माको नागरिकतामा फोटो राखेर किर्ते गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीका प्रविन शाहको नामबाट ४३ लाख ५४ हजार चार सय ठगीको सूचना आएको थियो । प्रहरीले घरमा खोज तलास गर्दा निज व्यक्ती प्रविन शाह नभई धनगढी उपमहानगरपालीका वडा नम्बर ४ का २८ वर्षिय सुरेशबहादुर दमाई भएको खुलेको हो।

सुरेशबहादुर दमाईले कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर ४ का प्रविन शाहको नामले नक्कली नेपाली नागरिकता प्रमाण पत्र बनाई उक्त नागरिकतामा आफ्नो फोटो राखेको पाइएको हो ।

उनले बाँकेको नेपालगंज उपमहानगरपालीका वडा नम्बर १२ का तिर्थराज शर्माको नागरिकतामा समेत आफ्नो फोटो टाँसेको पाइएको छ । प्रहरीले प्रविन शाह, तिर्थराज शर्मा र सुरेशबहादुर दमाईको नामबाट कोही व्यक्ती ठगिएको भए सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077