Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरका मेयर बालेन र प्रदीप पौडेलबीच भेटवार्ता

काठमाडौं । कांग्रेस नेता एवं काठमाडौं ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेलले भेटमा महानगरपालिकाका गतिविधिसँगै काठमाडौं उक्त क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजनाका विषयमा छलफल भएको छ ।

सांसद पौडेलले क्षेत्र नम्बर ५ को विकासका सन्दर्भमा मेयर शाहलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् ।

सांसद पौडेल र मेयर साहबीच कलङ्कीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढङ्गले निर्माण कार्य अघि बढाउने विषयमा समेत कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077