Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाललाई भेट्न पार्टी कार्यालय पुगे एमाले नेता

काठमाडौं । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिमा पार्टीका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट माग्दै उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ । राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ ।

एमाले नेताहरुले आजै १ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग भेट गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077