Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

कांग्रेसको नियमापत्तिपछि एमाले सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

विराटनगर । कोसी प्रदेशको नाम पेस गरेका एमाले सांसद रामबहादुर मगरले प्रदेश सभामा दिएको अभिव्यक्ति रेकर्डबाट हटाइने भएको छ ।

कोशी नाममाथिको सांसदले छलफलमा भाग लिएपछि जवाफ दिने क्रममा सांसद मगरले 'सांसद जनतालाई ढाँटेर आएको' बताएपछि त्यसमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

सो मगरको भनाइ रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका हुन् ।

उनको अभिव्यक्तिप्रति नियमापत्ति जनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले उनको अभिव्यक्ति हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077