Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेवलाई ओलीको प्रस्ताव - एमालेमै फर्कनुस्, गौतमको जवाफ - उमेरहद हटाए सोच्न सकिन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई एमालेमै फर्कन आग्रह गरेका छन् ।

बुधबार दिउँसो ललितपुरको भैँसेपार्टीस्थित गौतमनिवास पुगेका ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘यो पार्टी निर्माणमा तपाईंहरुको ठूलो योगदान छ, उतै सक्रिय हुनुहोस्’ ओलीको भनाइ थियो । तर गौतमले भने एमालेमा आउन अवरोध रहेको जवाफ दिएका थिए ।

७० वर्षे उमेरहद हटाए सोच्न सकिने जवाफ वामदेवले ओलीलाई दिएका छन् । “तपाईंले बनाएको पार्टी हो, किन पार्टीबाट बाहिर बस्नुहुन्छ, पार्टीमा पर्खनुस । त्यहाँ ७० वर्षे उमेरहद छ, मैले पहिले उमेर हद हटाउनुस्, त्यसपछि आउन सक्छु भनेको छु,” वामदेवले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077